पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकाको क्षेत्रमा पोखरा महानगरले बजेट विनियोजन गरेको भएपनि त्यो न्यून रहेको बताएकी छन्।
सेलडको आयोजनामा मंगलबार पोखरामा भएको स्थानिय तहमा बालबालिकाको संरक्षण सम्बन्धी कानुनी संयन्त्र सम्बन्धमा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले कानुन धेरै बनेपनि कार्यान्वयन प्रभावकारी हुन नसकेको बताए।
“कानुन बनेका छन् कार्यान्वयन थोरै भएका छन् ।” उनले पोखरा महानगरले बालबालिकाको क्षेत्र हेर्ने गरी बाल कल्याण अधिकारी नियूक्ती प्रक्रिया अगाडी बढाएर कानुन कार्यान्वयलाई प्रभावकारी बनाउने बताइन्। उनले पोखरालाई बालमैत्री घोषणा गर्ने योजन अनुसार अगाडी बढेको भएपनि केही समस्याहरु रहेको बताइन्। उनले कानुन कार्यान्वयनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउदै सरोकारवाला निकायसंग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरिन्।
कार्यक्रममा कानुन अन्भेषण तथा नेपाल स्रोत विकास केन्द्रका अधिवक्ता सुखदेव सापकोटाले नेपालमा बालबालिकाको लागि कानुनी ब्यवस्था, बालबालिकाको संरक्षण सम्बन्धी हालसम्म भएका प्रयासहरु, स्थानीय बालअधिकार समिति सम्बन्धीका प्रयासहरु, बाल अधिकार र संरक्षणसंग सम्बन्धी कानुनहरु, नियमावली, मापदण्ड, कार्यविधि तथा निर्देशिका, बाल संरक्षण किन लगायतका बारेमा स्पष्ट पारेकी थिइन्। त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था, बालबालिका सम्बन्धी ऐन २०७५ मा बाल अधिकार र संरक्षण सयन्त्र, बालगृहको स्थापना तथा सञ्चालन सम्बन्धी ब्यवस्था, पूर्नस्थापना केन्द्र सम्बन्धी ब्यवस्था बारे जानकारी गराएकी थिइन्।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’