पोखरा। तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ । वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन् ।
निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिए । “तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” प्रमुख आचार्यले भने ।
आगामी २०८१ साल चैत्र २६ गते यो सडकको उद्घाटन गरिने उनले अठोट व्यक्त गरे । तोकिएको समयमा लक्ष्य अनुसारको काम गर्न कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई निर्देशन दिँदै उनले यसका कुनै वाहाना बाजी नचल्ने प्रस्ट पारे । “२०८१ साल चैत्र २६ गते हामीले यो बाटोको उद्घाटन गर्नेछौँ, प्रमुख आचार्यले भने, किन्तु परन्तु, यो भयो, त्यो भयो भनेर कसैले भन्न पाउनु हुनेछैन, कन्ट्याक्टर र कन्सल्टेन्ट कसैले पनि, यसमा कुनै प्रकारको मोलाहिजा हुनेछैन ।” पैसाका कारण काम नरोकिने भन्दै उनले गुणस्तरीय निर्माणमा जोड दिए ।
निर्माण व्यवसायी नारायण भुसालले तोकिए कै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जाहेर गरे । “तोकिए कै समयमा काम सम्पन्न गर्न हामी तत्पर छौँ” भुसालले भने । स्थानीयको सहयोग विना कुनै पनि योजना सम्पन्न गर्न नसकिने भन्दै भुसालले यस परियोजनामा पनि स्थानीयको सकारात्मक सहयोग हुनु पर्ने बताए ।
परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले लामो समयदेखि योजना अलपत्र पर्दा स्थानीयहरूले निकै सास्ती खेप्नु परेको भन्दै अव यसलाई तोकिए कै समय भित्र नै सम्पन्न गरी विद्यमान समस्याको समाधान गरिने विश्वास दिलाए । वैशाखको पहिलो साताबाट सडक स्तरोन्नतिको काम थालिने बताउँदै उनले निर्माणको क्रममा कुनै समस्याहरू आए साझा रूपमा समाधान गरिनु पर्ने बताए ।
पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले सडकको स्तरोन्नति सँगै व्यवस्थित बसपार्क समेत निर्माणमा जोड दिए । “चार लेनको सडक बन्दै गर्दा बेगनासमा एउटा व्यवस्थित बसपार्कको पनि आवश्यकतालाई नजरअन्दाज गर्न मिल्दैन ।” उनले भने ।
यस परियोजनामा वर्ल्ड बैङ्कले रु.१ अर्व ४९ करोड १५ लाख लगानी गर्नेछ । ३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् ।
सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।
सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ रुपैयाँमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भैसकेको छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो