हेमजा । हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता हवात्तै बढेको छ ।
महोत्सवमा आलु किन्नेको भिड देखिन्छ भने अवलोकनका लागि समेत कास्कीका विभिन्न स्थान लगायत छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने क्रम बढ्दो छ ।
बुधवार मात्रै करिव पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।उहाँले हालसम्म १५ हजार बढी दर्शक महोत्सवमा सहभागि भएको पनि बताए ।
विशेष गरी कृषि उत्सवका रुपमा महोत्सव मनाइएकाले गाउँठाउँका स्थानीयले समेत महोत्सवलाई चासोका साथ अवलोकन गरेको हुनसक्ने आयोजकको ठहर छ ।त्यसमाथि लामो समयपछि हेमजामा मेला महोत्सव भएकाले हेमजावासीको सहभागिता समेत उत्साहजनक रुपमा पाइएको छ।
महोत्वसमा बुधवार मात्रै कुल २ सय ९२ जना ग्राहकले १० टन भन्दा बढी आलु खरिद गरि लगेको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सीनाले जानकारी दिए ।
हावापानीका कारण अन्य स्थानको भन्दा हेमजाको आलु स्वादिष्ट रहेको, विषादीको कम प्रयोग हुने भएको तथा छिटो छरितो पाक्ने हुनाले त्यहाँ उत्पादित आलु ग्राहकको रोजाईमा पर्ने गरेको तिमिल्सीनाले दावी गरे।

महोत्सव अन्र्तगत बुधवार कलाकारहरु छत्र शाही, काजल जोशी, प्रेमराज अधिकारी, निशा सुनार, परशुराम अधिकारी, बुद्धदेवी कुँवर, कमला गैह्रे, रक एन रक तथा गगन गुरुङका प्रस्तुतिहरु रहे भने बिहीवार राजन कार्की, सरस्वती लामिछाने, ज्योति लोहोनी, विनोद रामदाम, लाहुरे, काल रात्री तथा रक्षा व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ ।त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ । जसको अन्तिम नतिजा बैशाख २ गते मात्रै घोषणा गरिने छ ।
‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव गरिएको हो ।
महोत्सव अन्र्तगत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम रहेका छन् ।
महोत्सव आउँदो बैशाख ३ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन