पोखरा। सेती खोँच नजिकै भ्वाङमा खसेकी बालिकाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नं. ८ नागढुंगा घर भएकी १२ वर्षकी स्मृति पराजुलीको मृत्यु भएको वडा प्रहरी कार्यालय रामबजारले पुष्टि गरेको छ।
बालिका पोखरा -१५ सीताराम हाउजिङ नजिकैको चौरमा खेल्ने क्रममा झन्डै १२० मिटर तल खसेकी थिइन्। उनलाई उद्धार पश्चात उपचारका लागि साँझ अन्दाजी ५ बजेको समयमा पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लगिएकोमा ५:५५ बजे अस्पतालले मृत घोषणा गरेको हो।

तीन जना साथीहरु सहित चौरमा खेल्न पुगेकी स्मृति काठमाण्डौमा पढ्दै आएको बुझिएको छ। स्थानीयका अनुसार खाजा लिएर चौरमा खेल्दै गर्ने क्रममा स्मृति भ्वाङबाट खस्न पुगेकी थिइन् । त्यसपछि साथीहरुले स्थानीयलाई गुहारेपछि घटनाबारे प्रहरीलाई खबर गरिएकाे थियाे ।
झन्डै १२० मिटर तल बालिकाको शरिरको तलको भाग पानीमा डुबेको र माथिको भाग जमिनमा बजारिएको अवस्थामा फेला पारिएको उद्धारमा खटिएका एक सुरक्षाकर्मीले गण्डकन्यूजलाई बताए।

स्मृतिको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको थियो। भासिएको स्थान निकै नै गहिरो र साँघुरो खोंच भएकाले उद्धारमा कठिनाई भएको थियो।
घटनालगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमान्डमा रेस्क्यु टोलीसहित १७ जना खोजीमा खटिएका थिए । वडा प्रहरी कार्यालय रामबजारबाबाट प्रहरी निरीक्षक माधव केसीको कमाण्डमा ७ जना र सशस्त्र प्रहरी कालिका गणबाट सप्र।नि उमेश ढकालको कमाण्डमा ७ जनाको टोलीले खोजतलास गरेको थियो ।
सम्बन्धित समाचारः
सेती खोँचमा बच्चा खसेको आशंका, प्रहरीद्वारा खोजी सुरु
सेती खोँच नजिकको भ्वाङमा खसेकी स्मृतिको अचेत अवस्थामा उद्धार
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो