पोखराको चिप्लेढुङ्गास्थित एक होटलबाट लागु औषध सहित दुई जना पक्राउ

पोखराको चिप्लेढुङ्गास्थित एक होटलबाट लागु औषध सहित दुई जना पक्राउ

pp

पोखरा । पोखरा महानगरपालिका –९ चिप्लेढुङ्गा स्थित एक होटलबाट नियन्त्रित लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका –२९ तालचोक बस्ने वर्ष ३२ की रमामाया कुमाल र भारत पश्चिम बंगाल मुर्सिदावाल बासगरा पोष्ट थाना लाल गोडा बस्ने वर्ष ३७ को अनारुल ईस्लाम रहेका छन्।

लागू औषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३३ ग्राम, लागू औषध तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान र मोवाइल २ थानसहित उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन ७ (सात) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds