वैशाख । पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो ।
सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गरेका छन् । न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो । महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु.७ लाखसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ ।
लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछ । उक्त कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याज लाग्ने भने यस बाहेक सेवा शुल्क भने लिइने छैन । सम्झौताको कुल रकम रु.७ करोड रहेको छ । प्रत्येक लाभग्राहीलाई ७ लाखका दरले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र रु.११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार १ वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । “महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ, हामी अहिले उनीहरूलाई निस्सा वितरण गरिरहेका छौँ, प्रमुख आचार्यले भने, सुरक्षित आवास नागरिकको मौलिक अधिकार भन्ने विषयमा हामी सचेत छौँ, यसबिचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ, यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ ।” आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने उनले प्रतिबद्धता जाहेर गरे ।
लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताए । पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना सेवा विकास बैङ्कको सहयोगमा हाल सम्म १०३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा ६ वटा नयाँ गरी १०८८ घरहरू निर्माण गरिएका जानकारी दिए। यस परियोजनाले कम लागतमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण र गरिबी न्यूनीकरणमा सहयोग पुगेको मानन्धरले बताए । मुलुकका विभिन्न स्थानहरूमा नयाँ निर्माण, पुनर्निर्माण र स्थानान्तरण लगायतका कामहरू भइरहेका उनले जानकारी दिए ।
सम्झौताको तेस्रो पक्ष कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले लुमन्ती र पोखरा महानगरपालिकासगँको सहकार्यमा आवास विहीनहरूको आवास निर्माण कार्यमा साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । स्थानीय सरकारको सहकार्यमा आवास निर्माण जस्तो महत्वपूर्ण क्षेत्रमा थप लगानीका लागि आफूहरू तयार रहेको उनले बताए ।
आवास निर्माण क्लष्टरबेस तर्फ २ वटा मोडल बनाउँदा उपयुक्त हुने लुमन्तिले जनाएको छ । उसका अनुसार २५ लाख सम्मको घरजग्गा र ४५ लाख सम्मको घर जग्गा गरी २ वटा मोडल उपयुक्त हुनेछन् । यसलाई उसले भावी योजनाका रूपमा अगाडी सारेको छ । ७० करोडको ऋण सहायतामा आगामी पाँच वर्षमा १००० वटा घर निर्माण गर्ने ती मध्ये १०० वटा घरहरू क्लस्टरबेसमा निर्माण गर्ने योजना छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो