पोखरा । रेडियो जननी ९०.६ मेगाहर्जले आयोजना गरेको टिकटक मार्फत कविता प्रतियोगितामा पोखरा विरौटाका सुवाश लामिछाने प्रथम भएका छन् । पहिलो आवाज उद्यमशिलताको लागि, दोस्रो आवाज स्वतन्त्राको लागि र तेस्रो आवाज समानताको लागि भन्ने मुल उद्घोषका साथ सञ्चालित रेडियोले टिकटक मार्फत आमा विषयमा आयोजना गरेको कविता प्रतियोगितामा लामिछाने प्रथम भएका हुन् ।
माता तिर्थऔँसीको अवसरमा “मातातिर्थ औँसीको महत्व” विषयको रेडियोमा आयोजित परिचर्चा कार्यक्रममा प्रतियोगिहरुलाई पुरस्कार वितरण गरिइएको हो । प्रतियोगितामा रमेश सार्थक द्धितिय, मनिषा लामिछाने तृतीय र आयान अभिरल घिमिरे सान्वत्वना भएका छन् । उनीहरुले क्रमश ः १५ हजार, १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । विजयी प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य खड्का विखर्चीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्तममा बोल्दै विखर्चीले महिलाहरुलाई कहिले भेदभाव नगरी अगाडी बढ्न प्रेरणा प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका विशेष अतिथि पोखरा प्रतिष्ठानका कुलपती पद्मराज ढकालले आमाको महत्वको विषयमा भनाई राखेका थिए ।
कार्यक्रममा रेडियोका अध्यक्ष हिरा भट्टराईले आमालाई स्वर्गारोहण भएपछि भन्दा जिवित हुदै सम्मान व्यक्त गर्नुपर्नेमा जोड दिए । भट्टराईले आमाको सम्मानमा रेडियोले स्थापना गरेको आमा अक्षयकोषमा सहयोगी मनहरुवाट सहयोग आउने क्रम जारी रहेकोले सहयोग गर्ने मनहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा साहित्यकारहरु सरस्वती श्रेष्ठ (सरु), गौरी तमु र असफल गौतमले निर्णयको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताको पुरस्कार माल्टा बाट विष्णु रानामगर, कुन्ती मल पोखरा र इन्फोम्याटिक्स इन्ष्टीच्युटका प्रबन्ध निर्देशक प्रदिप थापाले प्रायोजन गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, मुक्तक मञ्च पोखराका अध्यक्ष विवेक भण्डारी लगायतले बोलेका थिए । कार्यक्रममा रेडियोका सल्लाहकार दुर्गा शाह बाबाको पनि सहभागीता रहेको थियो ।
रेडियोका अध्यक्ष हिरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियो कार्यक्रम संयोजक सबु पाठकले गरेका थिए ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो