नेपालद्वारा ओमान ८४ रनले पराजित, सन्दीपको अर्को कीर्तिमान

नेपालद्वारा ओमान ८४ रनले पराजित, सन्दीपको अर्को कीर्तिमान

Sandeep-Lamichane-1-1024x624_20230421165112

काठमाण्डाै। एसीसी मेन्स प्रिमियर कपमा नेपालले ओमानमाथि फराकिलो जित निकालेकाे छ । शुक्रवार भएकाे खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको हो ।

नेपालले दिएकाे ३११ रनकाे विशाल लक्ष्य पछ्याएकाे ओमानले ४६ ओभर ३ बलमा २२६ रनमात्र जोड्न सक्यो । ओमानका लागि माेहम्मद नदीमले ६५ र सन्दीप गाेदले ४६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशीले एक विकेट लिए ।

आजको खेलमार्फत सन्दीप लामिछाने कम खेलमा नै १०० विकेट लिने विश्वका पहिलो बलर बनेका छन्। नेपाली स्पीनर लामिछानेले एसीसी प्रिमिअर कपको बिहीबार ओमान विरुद्धको खेलमा अदिल शफिक को विकेट लिएसँगै उनले यो उपलब्धि हात पारेका हुन्।

लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १०० विकेट लिने नेपालको पहिलो बलर पनि बनेका छन्। उनले ४२ खेल खेलेर १०० विकेट लिएका हुन् ।

याे जितसँगै समूह ‘ए’ मा रहेकाे नेपालले दुई खेलमा चार अङ्क जाेडेकाे छ । नेपाल तालिकाकाे शीर्ष स्थानमा यथावत् छ ।

एसीसी प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ