धौलागिरीमा हिउँमा पुरिएर एक भरिया बेपत्ता

धौलागिरीमा हिउँमा पुरिएर एक भरिया बेपत्ता

Dhaulagiri

म्याग्दी । धौलागिरी हिमालको आधार शिविरबाट फकिर्ने क्रममा एक भरिया बेपत्ता भएका छन् ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथला फुलेली गाउँका २० वर्षीय अमृत राई हिमपातमा परी बेपत्ता भएका हुन् ।

विश्वको सातौं (८,१६७) मिटर अग्लो म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट फर्किने क्रममा भारी हिमपात भएपछि बेपत्ता भएको पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए।

‘हिउँपहिरोमा परेको आशंका गरिएको छ, खोजी भइरहेको छ’, पर्यटन व्यवसायी शेरचनले भने।

आरोहण दलका सदस्य तथा अन्य भरिया र गाइड भने सुरक्षित रहेको बताइएको छ ।

शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ