पोखरा । गण्डकी प्रदेशस्तरिय राष्ट्रपति कपको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बैशाख ११ र १२ गते सञ्चालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको परिषदले जनाएको हो । सोमबार (भोली) पोखरा रंगशालामा सुरु हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्ण प्रसाद धितालले गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका छन् ।
प्रतियोगिताहरु सञ्चालनका लागि सम्वन्धित खेल संघहरुलाई जिम्मेवारी दिएको परिषदका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिंदै शुरक्षाका लागि नेपाल प्रहरी गण्डकी प्रदेश, मेडिकलका लागि नेपाली सेना पश्चिम पृतना तथा मार्चपास व्यवस्थापनका लागि शसस्त्र प्रहरी मुक्तिनाथ बाहिनीलाई जिम्मेवारी दिएको उनले बताए ।
प्रतियोगितामा सहभागिताका लागि ११ जिल्लाका विभिन्न ६ खेलका ७२० खेलाडी पोखरा आइपुगेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले बताए । विद्यालयस्तरिय छात्र÷छात्रा राष्ट्रपति कपमा मार्शल आर्टतर्फ उशु, तेक्वान्दो र कराते, टिम गेमतर्फ एथलेटिक्स, भलिबल र कव्वडीका खेलहरु सञ्चालन हुनेछन् ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताबाट खेलाडी छनोट गरी यहि बैशाख १५ र १६ गते काठमाण्डौमा सञ्चालन हुने १३ औं राष्ट्रिय राष्ट्रपति कपमा सहभागिता जनाउने परिषदले जनाएको छ । छनौट हुन सफल खेलाडीहरुलाई एक दिने बन्द प्रशिक्षणमा राखिने छ भने प्रदेशको टिम १४ गते काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’