चितवन–२ मा रवि लामिछानेको जित पक्का, ३७ हजारभन्दा बढी मतान्तरले अगाडि

चितवन–२ मा रवि लामिछानेको जित पक्का, ३७ हजारभन्दा बढी मतान्तरले अगाडि

चितवन । प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ।

करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजार ४ सय १७ मत अन्तरले अगाडि छन्।

ताजा अवस्थामा लामिछानेले ४५ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४ सय २५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ३ सय ३० मत प्राप्त गरेका छन् ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरी विजयी भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds