पोखरामा स्कुटरको डिक्कीबाट ८० हजार चोरेकी युवतीलाई प्रहरीले साढे २ घण्टामै पक्राउ गर्यो

पोखरामा स्कुटरको डिक्कीबाट ८० हजार चोरेकी युवतीलाई प्रहरीले साढे २ घण्टामै पक्राउ गर्यो

barsha-kami

पोखरा। कास्की प्रहरीले नगद चोरेर फरार भएकी एक युवतीलाई घटनाको घटेको साढे दुई घण्टामै पक्राउ गर्न सफल भएको छ।

बुधबार दिउँसो अन्दाजी १२:२३ बजेको समयमा पोखरा महानगरपालिका -९ पृथ्बीचोकबाट नगद चोरेर फरार भइ सोही वडा शान्तिवन बस्दै आएकी २३ वर्षीया वर्षा कामीलाई प्रहरीले नगद सहित पक्राउ गर्न सफल भएको हो।

प्रहरीका अनुसार ती युवतीले बुधबार दिउँसो राष्ट्रिय बाणिज्य बैंक अगाडी पोखरा – १८ सराङकोट बस्ने ४८ वर्षीय आत्मा बहादुर थापाले ग १५ प ३२४५ नम्वरको स्कुटरको डिक्कीमा राखेको नगद ८० हजार चोरेर फरार भएकी थिइन्।

घटनाको जानकारी पश्चात वडा प्रहरी कार्यालय वैदाम तथा सि.आर.भि.पृथ्विचोकबाट खटिएको प्रहरीको टोलीले ती युवतीको हुलिया र सिसिटिभी फुटेजको आधारमा खोजतलास गर्दै जाने क्रममा दिउँसो अन्दाजी ३ बजे घरमा लुकेर बसिरहेको अवस्थामा नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट नगद ८० हजार वरामद गरेको छ भने, आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds