पोखरामा १ सय ३१ एम्पुल लागु औषध सहित एक जना पक्राउ

पोखरामा १ सय ३१ एम्पुल लागु औषध सहित एक जना पक्राउ

arrest

पोखरा। अवैध लागु औषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा -१९ लामाचौर जिमिरे बस्ने सन्तु घर्ती मगर छन्। प्रहरीले उनको कोठाबाट डाईजापाम ४५ एम्पुल, फेनारगन ४९ एम्पुल र नुर्फिन ३७ एम्पुल गरी जम्मा १३१ एम्पुल लागु औषध बरामद गरेको हो।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ