घरमा ट्रक ठोक्किँदा तनहुँमा ३ जनाको मृत्यु, ५ घाइते

घरमा ट्रक ठोक्किँदा तनहुँमा ३ जनाको मृत्यु, ५ घाइते

accidentt durghatana

तनहुँ । तनहुँमा एक घरमा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

आज बुधबार बिहान ९ः२० बजे बन्दीपुर गाउँपालिका –५ आँधीखोलास्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रेबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख १९७३ नं.को ट्रक अनियन्त्रित भई सडकको छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएको थियो ।

दुर्घटनामा ८ जना घाइते भएको र सबैलाई उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाएकोमा ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा तनहुँ बन्दीपुर गाउँपालिका –१ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर घर्ती र ६९ वर्षीय सनबहादुर भुजेल रहेका छन् ।
५ जना घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ