पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । २०७९ को शैक्षिक क्रियाकलाप अन्र्तगत उत्कृष्टता हाँसिल गरेका विद्याथीलाई पुरस्कार वितरण गरिएको थियो ।
परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई अबिर लगाई शिल्ड प्रदान गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेल, संस्थापक एवं वित्त निर्देशक विश्वगोपाल पराजुली, प्रबन्ध निर्देशक बलबहादुर थापा, प्राचार्य किरण सापकोटा, कन्या क्याम्पस पोखराका प्रमुख सुरेश मानन्धर, पत्रकार रञ्जन अधिकारी लगायतले पुरस्कार वितरण गरे ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्यलगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विद्यार्थीकै हातबाट शैक्षिक तालिका समावेश भएको २०८० सालको भित्तेपात्रोसमेत विमोचन गरिएको थियो ।

अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले विद्यालयसँग अभिभावकको सामिप्य सम्बन्धले मात्र विद्यार्थीको प्रगति र वृत्तिविकास हुने भन्दै आफ्ना बाबुनानी विद्यालयका के गरिरहेका छन् भन्नेबारे ख्याल गर्नुपर्ने उल्लेख गरे । ‘सानो ठाउँ र थोरै विद्यार्थीका साथ सुरु भएको प्रतिभा मावि अहिले धेरै विद्यार्थी भर्ना हुन नपाएर फर्कनुपर्ने अवस्थामा पुगेको छ ।’ पौडेलले भने – ‘समाजमा यसरी स्थापित हुनुमा विद्यालयको वातावरण, शिक्षकहरुको मेहनत, विद्यार्थीहरुको परिश्रम नै हो ।’

विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोराछोरीहरुको समुज्ज्वल भविष्यलाई अगाडि बढाउनका लागि विद्यालय सदा प्रतिबद्ध रहेको जनाए । ‘यही वर्ष अत्याधुनिक सुविधासहितको भवन निर्माण कार्य अघि बढ्दैछ । अण्डरग्राउण्ड सभाहलदेखि टपफ्लोरमा फुटसल ग्राउण्डसम्म बन्नेछन् । ’

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य प्रदीप खनालले सञ्चालन एवं विद्यार्थी जस्विना मल्लले स्वागत मन्तव्य राखिन् ।

गीत प्रस्तुत गर्दै शुलभ भण्डारी




सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो