मदनमणि तिमिल्सिना, पोखरा । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरे ।
प्रमुख आचार्यले मानिसको व्यस्त व्यवसायिक जीवनमा कहाँ, कहिले , कसरी अपाङ्ग भइन्छ भन्ने ठेगान नहुने भन्दै अपाङ्गता भएर पनि खेलको माध्यमले आफूमा भएको प्रतिभा प्रस्फुटन गरेका सबैप्रति आभार व्यक्त गरे । उनले महानगर सधैँ अपाङ्गमैत्री कार्यक्रम र नीति निर्माणमा अग्रसर हुने बताए ।
वडाध्यक्ष बानियाँले वडा नं. १५ मा अपाङ्गता भएका व्यक्तिहरु धेरै बसोबास गर्ने गरेको आफूहरुले गरेको अध्ययनले देखाएको हुँदा उनीहरु लक्षित कार्यक्रमहरुलाई वडाले निरन्तरता दिने बताए । कार्यक्रममा अमृत बराल, दिपक गोदार लगायतले बोलेका थिए ।

सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा वडा नं १५ का सदस्य तथा खेल संयोजक आशिष भण्डारीले गरेका थिए । खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको थियो ।
पोखरा १५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो । ९०६ जना खेलाडीहरुको उल्लेख सहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडीहरु विभिन्न स्थानीय, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी भइरहेका छन् ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?