पोखरा महानगर अन्तर्गत ३३ वटा वडामध्ये सामाजिक काममा सक्रियतापूर्वक लागेको वडामध्ये वडा नं. १५ अग्रपंक्तिमा आउँछ । तोरणबहादुर बानियाँ वडाध्यक्षमा निर्वाचित भएपछि उनले सुरु गरेको प्रशंसनीय काममध्ये वृहत सरसफाई कार्यक्रम पनि एक हो । वडामा सरसफाई, खेलकुद, विपन्न वर्गलाई सहयोग हस्तान्तरणका कार्यक्रमहरु निरन्तर हुँदै आएको छ ।
वडा नं. १५ ले मासिक रूपमा आयोजना गर्दै आइरहेको बृहत् सरसफाई कार्यक्रमको वैशाख महिनाको श्रृंखला शनिबार सम्पन्न भएको छ । रातीखहरेदेखि सीताघाटसम्म सरसफाई गरिएको छ ।

‘हाम्रो वडा, राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा अन्तिम शनिबार कार्यक्रम आयोजना गर्दै आएको हो । सरसफाइ कार्यक्रममा टोलबासी, आमा समूह, युवा क्लब, नागरिक समाज, विद्यार्थी, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत राजनीतिक दलको पनि सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रमलाई समापन गर्दै वडा अध्यक्ष बानियाँले आफ्नो घर मात्र होइन, घर अगाडि, टोल सफा राख्न सके मात्र वातावरण स्वच्छ हुने र स्वस्थ रहन सकिने बताए । उनले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए ।

बानियाँले सरसफाई अभियानका लागि मात्र वडाले यस वर्ष १७–१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल–टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन हुने बताए ।

कार्यक्रमकाे संयाेजन वडा सदस्य आशिष भण्डारीले गरेका थिए ।

सम्बन्धित समाचारहरु:
सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ