पाेखरा । निजी विद्यालयहरूले नियमानुसार १० प्रतिशतलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्नेमा अटेर गरेकाे भन्दै अनेरास्ववियु कास्कीले कारबाहीकाे माग गरेकाे छ ।
पाेखरा महानगरपालिका, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई अनेरास्ववियु कास्कीका संयाेजक सन्ताेष पाेखरेल, सह-संयाेजक सुन्दर बराल ‘धड्कन’, सचिव विनय पराजुली लगायतकाे टाेलीले विहीबार ध्यानाकर्षपत्र बुझाउँदै निजी विद्यालयमा भएका वेथिति अन्त्यका लागि माग गरेका हुन् ।
संयाेजक पराजुली हस्ताक्षरित ध्यानाकर्षणपत्रमा उल्लेख छ – ‘पोखरा महानगर भित्रका निजी विद्यालयले कानुनतः विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति पाउने व्यवस्था भएकोमा हाल निजी विद्यालयले सो व्यवस्था कार्यान्वयन नगरेको पाईएको छ । पारदर्शी रूपमा महानगर भित्रका निजी विद्यालयहरूले छात्रवृत्तिको विवरण पोखरा महानगरको वेवसाईटमा राख्नका निम्ति हामी जोडदार माग गर्दछौं ।’
साथै, अनेरास्ववियु कास्कीले छड्के अनुगमन गरिरहँदा बसको सिट क्षमता भन्दा अत्याधिक बढी विद्यार्थीहरू ओसार्ने काम अझै नहटेको उनीहरुको भनाई छ । ‘निर्देशिका विपरित विद्यालयले तोकेको ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने बाध्यात्मक परिस्थिति छ । विद्यार्थीहरू माथि भइरहेको यी तमाम शोषणहरूको अन्त्य गर्न अनेरास्ववियु चाहन्छ । तसर्थ, ३ दिन भित्र विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति साथै प्रभावकारी अनुगमन गरी निर्देशिका विपरित कार्य गर्ने विद्यालयहरूलाई कारवाही गर्नका निम्ति अनेरास्ववियु जोडदार माग गर्न चाहन्छ ।’ – विज्ञप्तीमा लेखिएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन