पाेखरा । निजी विद्यालयहरूले नियमानुसार १० प्रतिशतलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्नेमा अटेर गरेकाे भन्दै अनेरास्ववियु कास्कीले कारबाहीकाे माग गरेकाे छ ।
पाेखरा महानगरपालिका, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई अनेरास्ववियु कास्कीका संयाेजक सन्ताेष पाेखरेल, सह-संयाेजक सुन्दर बराल ‘धड्कन’, सचिव विनय पराजुली लगायतकाे टाेलीले विहीबार ध्यानाकर्षपत्र बुझाउँदै निजी विद्यालयमा भएका वेथिति अन्त्यका लागि माग गरेका हुन् ।
संयाेजक पराजुली हस्ताक्षरित ध्यानाकर्षणपत्रमा उल्लेख छ – ‘पोखरा महानगर भित्रका निजी विद्यालयले कानुनतः विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृति पाउने व्यवस्था भएकोमा हाल निजी विद्यालयले सो व्यवस्था कार्यान्वयन नगरेको पाईएको छ । पारदर्शी रूपमा महानगर भित्रका निजी विद्यालयहरूले छात्रवृत्तिको विवरण पोखरा महानगरको वेवसाईटमा राख्नका निम्ति हामी जोडदार माग गर्दछौं ।’
साथै, अनेरास्ववियु कास्कीले छड्के अनुगमन गरिरहँदा बसको सिट क्षमता भन्दा अत्याधिक बढी विद्यार्थीहरू ओसार्ने काम अझै नहटेको उनीहरुको भनाई छ । ‘निर्देशिका विपरित विद्यालयले तोकेको ठाउँमा पाठ्यपुस्तक किन्नुपर्ने बाध्यात्मक परिस्थिति छ । विद्यार्थीहरू माथि भइरहेको यी तमाम शोषणहरूको अन्त्य गर्न अनेरास्ववियु चाहन्छ । तसर्थ, ३ दिन भित्र विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति साथै प्रभावकारी अनुगमन गरी निर्देशिका विपरित कार्य गर्ने विद्यालयहरूलाई कारवाही गर्नका निम्ति अनेरास्ववियु जोडदार माग गर्न चाहन्छ ।’ – विज्ञप्तीमा लेखिएको छ ।

सम्बन्धित खबर
पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कास्कीका योजनाहरूको अनुगमन
भानु जयन्तीका अवसरमा कार्यक्रम
श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षारोपण र गोडमेल
विश्वभरका नेपाली युवा उद्यमी जोड्दै फिने, गण्डकीको संयोजकमा कृष्ण आचार्य
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा