पोखरा महानगरपालिकाद्वारा रासायनिक मल विक्री केन्द्रमा अनुगमन अनुमति सहकारीलाई, विक्री गर्ने जिम्मा ब्यक्तिलाई

पोखरा महानगरपालिकाद्वारा रासायनिक मल विक्री केन्द्रमा अनुगमन अनुमति सहकारीलाई, विक्री गर्ने जिम्मा ब्यक्तिलाई

anugaman 2ph

पोखरा । पोखरा महानगरपालिकाले रासायनिक मल विक्री केन्द्रहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारीहरुले रासायनिक मल विक्री वितरणको अनुमति लिएर ब्यक्तिलाई दिएको देखिएको छ । पोखरा महानगरपालिकाको अनुगमन समितिले पोखराका पाँच वटा मल विक्री केन्द्रमा अनुगमन गर्दा अधिकांश सहकारीले बिक्री वितरणका लागि अनुमति लिएर ब्यक्तिलाई दिएको भेटिएको हो ।

महानगरपालिका बजार अनुगमन एवं उपभोक्ता हित संरक्षण समितिको आयोजनामा अनुदानमा रासायनिक मल विक्री वितरण गर्ने सहकारीहरुको डिपोमा अनुगमन गर्दा मूल्य सुचि नराखेको र बिल बिजक जारी नगरेको समेत देखिएको छ । बजारमा रासायनिक मलको अभाव देखिएको र बढि मूल्य दिएको तथा म्याद गुज्रेका विउ विजन विक्री भएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको महानगर अनुगमन समितिका सदस्य सचिव भरतराज पौडेलले बताए ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला प्रशासन कार्यालयका शिव प्रसाद गौतम, महानगर अनुगमन समितिका सदस्य सचिव भरतराज पौडेल, कृषिमहाशाखाका कृषि विज्ञ शिवसिंह धामी र पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो । सहकारी मार्फत सञ्चालित मल विक्री केन्द्रमा गरिएको अनुगमन गर्दा मूल्य सूची नराखेको र विलमार्फत कारोबार नगरेको देखिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।

मूल्य सूची र बिलमा कारोबार गर्न सचेत गराइएको बताउदै उनले, सहकारीहरुले मलविक्रीका लागि अनुमति लिएर ब्यक्तिहरुलाई कारोबार गरेको देखियो । अव सम्वन्धित निकायलाई बोलाएर छलफल गरेर निर्णय गछौँ ।’ लेखनामा रहेको श्री सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लिमिटेड, मार्गदर्शन कृषि सहकारी संस्था लिमिटेड, जनप्रिय सहकारी संस्था लिमिटेड, सेभेन लेक कृषि सहकारी संस्था लिमिटेड, जनप्रिय कृषि सामाग्री भण्डार, शिशुवा कृषि भण्डारमा अनुगमन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिव प्रसाद गौतमले सहकारीहरुले अनुमति लिएर पनिअर्को पक्षमा गएको नभएको बारे एकिन नभएको बताए । सहकारीले विक्री डिपोमा विल भरपाई नदेखिएको बताउदै सम्पूर्ण कागज पत्र लिएर जेठ ७ गते भित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको बताए ।

बजार अनुगमनका सदस्य सचिव भरतराज पौडेलले कति मल आएको हो, कति विक्री भयो र कति बाँकी छ भन्ने बारे एकिन विवरण नआएको बताए । बजार भाउ अनुसार जस्तो देखिए पनि विल नदेखिएको कारण आधिकारीक देखिएन उनले भने, ‘किसानले फाइदाको लागि भन्दा पनि सेवाको लागि राखिएको भन्ने गुनासो वित्र्रmेताको रहेको छ । किसानको गुनासो आएका कारण अनुगमन हो । आएको मल ब्यवस्थित रुपमा किसानलाई उपलब्ध गराउने उद्देश्य महानगरको रहेको छ ।’ पोखरा महानगर अनुगमन समितिले मंगलबार पेट्रोल पम्पमा अनुगमन गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ