पोखरा महानगरपालिका वडा १५ को आयोजनामा वडाभित्रका खेलाडी सहभागी पुरुष तथा महिला डबल्स व्याडमिण्टन प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।
पोखरा महानगरपालिकाका पूर्व मेयर कृष्ण थापाले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरे । सो अवसरमा थापाले स्वास्थ्य नागरिक र स्वस्थ्य समाजका लागि राम्रा खेलाडी उत्पादनमा सबैले चासो दिनुपर्ने बताए । आफु पनि व्याडमिण्टनको खेलाडी भएको स्मरण गर्दै टोल टोलमा आयोजना हुने यस्तै प्रतियोगिताबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन हुने थापाको भनाई थियो ।
वडाध्यक्ष तोरण बानियाँले स्वस्थ्य नागरिकले परिवार, समाज र राष्ट्र निर्माणमा योगदान दिन सक्ने हुँदा वडाले खेलकुदका कार्यक्रमलाई पनि महत्वपूर्ण स्थानमा राखेको बताए । खेल संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले वडा १५ ले विकास निर्माण तथा दक्ष नागरिक उत्पादनका लागि विभिन्न तालिम, सभा, सेमिनारसंगै खेलकुदका कार्यक्रमहरु पनि गर्दै आएको जनाए । वडा १५ का खेलाडीहरुले महानगरस्तरिय विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट नतिजा दिंदै आएको भण्डारीको भनाई थियो ।
सो अवसरमा कार्यपालिका सदस्य मन्दिरा परियार, विशेष अतिथि वडा प्रहरी कार्यालय रामबजार चौकीका प्रमुख माधव केसी लगायतले आ–आफ्नों भनाई राखेका थिए । शनिबारसम्म चल्ने दुई दिने प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ ९ टिमले भाग लिएका छन् । प्रतियोगिताका विजेता खेलाडीहरु क्रमशः प्रथमले ७, ५ र ३/३ हजार नगद सहित प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर