पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

pahiro

म्याग्दी । राष्ट्रिय गौरवको ७६ किमी बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ।

गएराती परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्गको म्याग्दी खण्डमा ठाउँ ठाउँमा पहिरो जाँदा सडक आज बिहानैदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडकका सुपरभाइजर ईन्द्रसिंह शेरचनले जानकारी दिए।

यसवर्ष बर्खायाम सुरु नहुँदै मनसुन सुरु भएको छ। अविरल वर्षाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित गोइठेदेखि जलथले खोलासम्मको सडक पहिरोले अवरुद्ध बनेको सडक सुपरभाइजर शेरचनले बताए।

उनले म्याग्दीको अन्नपूर्ण गापा–३ र २ मा पर्ने राजमार्ग सडक पहिरोले अवरुद्ध भएको जनाए। उनका अनुसार म्याग्दीको अन्नपूर्ण–२ भुरुङ तातोपानी नजिक १५ मिटर लामो कल्र्भट पुल बाढी–पहिरोले भासिएको छ।

यस्तै, नेपालगञ्जदेखि मुक्तिनाथ दर्शन गर्न आएको तिर्थालु सवार गाडी सम्भावित विपदबाट जोगिएको सुपरभाइजर शेरचनले बताए।

गएरातीको वर्षाले बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङबाट पोखरा–काठमाडौं जाँदै गरेका र पोखराबाट मुस्ताङ जाँदै गरेका यात्रुवाहक सवारी साधनहरु गन्तब्यमा पुग्न सकेका छैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ