पोखरा । आयोजक अरण्यज्योति क्रिकेट क्लव र पेलिकेण्ट्स क्रिकेट क्लव, तनहुँ पोखरामा जारीलुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को फाइनलमा प्रवेश गरेका छन् । अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लवलाई तथा तनहुँले बाग्लुङ्गलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
पोखरा रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा अरण्यज्योलीले साँग्रिला क्रिकेट क्लवलाई ३० रनले पराजित गरेको हो । पहिला व्याटिङ गरेको अरण्यज्योतीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । अरण्यज्योतीको व्याटिङमा अभिषेक बस्नेतले ३१ तथा विवेक नेपालीले १८ रन जोडे । साँग्रिलाका बलरहरु आदर्श झा र कृष्ण कार्कीले समान २ विकेट लिए ।
जितका लागि १ सय ५ रनको लक्ष्य पाएको साँग्रिलाले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ७४ रन बनायो । साँग्रिलाको तर्फबाट नारायण जोशीले २४ तथा सिब्रिन श्रेष्ठले १८ रन जोडे । अरण्यज्योतीका बलरहरु अब्दुल मियाले ४ र अमरसिंह राउटेलाले ३ विकेट लिए । खेलमा राउटेला म्यान अफ द म्याच भए ।
अर्को सेमिफाइनलमा तनहुँले बाग्लुङलाई ७ रनले पराजित ग¥यो । पहिला व्याटिङ गरेको तनहुँले १५.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८६ रन बनाएको थियो । बाग्लुङको तर्फबाट म्यान अफ द म्याच प्रतिक श्रेष्ठले ४० रन हाने । प्रत्युत्तरमा बाग्लुङले पुरा २० ओभर खेल्दै १० विकेटको क्षतिमा ७९ रन बनायो । बाग्लुङका लागि दीपेन्द्र रावतले २१ तथा विश्व कार्कीले १२ रन बनाए । तनहुँका बलरहरु कमल परियारले ३ तथा चन्द्रकान्त पौडेल, प्रतिक श्रेष्ठ र सन्दिप पराजुलीले समान २ विकेट लिए । प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’