पोखरा । अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधी पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतीलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधी आफ्नों पोल्टामा पारेको हो ।
खेलमा पहिला व्याटिङ गरेको तनहुँले पुरा २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पा¥यो । तनहुँको पारीमा प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए । अरण्यज्योतीका बलरहरु अमरसिंह राउटेला र विद्यान श्रेष्ठले समान २–२ विकेट लिए ।
प्रत्युत्तरमा अरण्यज्योतीको पारी १ सय १९ रनमा समेटिएको थियो । प्रतियोगितामा अरण्यज्योतीका अमरसिंह राउटेला म्यान अफ द सिरिज तथा वेष्ट व्याट्स्म्यान भए । युनिस विक्रम सिंह बेष्ट बलर बन्दा प्रतिक श्रेष्ठ म्यान अफ द फाइनल भए । जितसंगै तनहुँले नगद ८० हजार सहित ट्रफि पुरस्कार पाउँदा अरण्यज्योतीले नगद ४० हजार सहित ट्रफि पुरस्कार प्राप्त ग¥यो । सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा अन्य उत्कृष्ट खेलाडीले नगद २५ सय पुरस्कार पाए ।
विजयी खेलाडीहरुलाई लुम्बिनी विकास बैंकका सञ्चालक रामचन्द्र सिग्देल, नेपाल क्रिकेट संघका सदस्य क्रषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजु, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सल्लाहकार विनोद लामिछाने लगायतले पुरस्कार वितरण गरे । आयोजक क्लवका अध्यक्ष कमल मगरले प्रतियोगिता सफल पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीहरुप्रति आभार व्यक्त गरे । क्रिकेट खेलाडी विजय भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’