अनलाइनबाट नाबालिकाको यौन शोषण तथा दुर्व्यवहार गरेको आरोपमा पुरनचौरका युवक पक्राउ

अनलाइनबाट नाबालिकाको यौन शोषण तथा दुर्व्यवहार गरेको आरोपमा पुरनचौरका युवक पक्राउ

arrest

पोखरा। अनलाइनबाट नाबालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भुजेलले सामाजिक सञ्जाल स्न्याप च्याट तथा भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभनमा पारी अश्लील कुराकानी तथा भिडियो च्याट गरी उक्त कार्यको रेकर्ड गर्ने र पीडितले यस्तो कार्य गर्न नमानेपछि युवकले धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल म्यासेज गरी अनावश्यक मानसिक तनाव, दु:ख र हैरानी दिएको खुल्न आएको छ।

युवकले बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको जाहेरी पश्चात नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा युवकलाई पोखराबाट पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ