पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् ।
पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २–१ ले हरायो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक–एक गोल गरे । वडा नम्बर ३० का सागर गौतमले एक गोल गरेका थिए । वडा नम्बर १५ का श्रीजन म्यान अफ द म्याच घोषित भए ।
दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो । वडा नम्बर १४ को जितमा आशिष कार्की र नारन गुरूङले दुई–दुई गोल गरेको आयोजकले जनाएको छ । आशिष म्यान अफ द म्याच बने ।
वडा नम्बर १४ र १४ बीचको फाइनल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।
सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५–५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’