फेरि मुद्दा परेपछि रविले लेखे – मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ

फेरि मुद्दा परेपछि रविले लेखे – मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सीमा हुन्छ

rabi-dikka

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को मुद्दा दर्ता भएपछि आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा उनले बताएका छन्। उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिका त्यागेको निश्चित गरेको बताएका छन्। उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुन: नागरिकता पनि कायम गराइसकेको बताएका छन्।

अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकोमा उक्त निस्सा जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइ पनि सकेको दाबी गरेका छन्।

‘अदालतमा बुझाइसकेको छु, यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई स-प्रमाण बुझाइसकेको थिएँ,’ उनले भनेका छन्, ‘टेलिभिजनबाट घोक्रो सुक्नेगरी स-प्रमाण बोलिसकेको थिएँ।’

यस्तो छ उनले लेखेको स्टाटस

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।

१. सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं. २२, २८ र ३२मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य ‘कन्फर्म’ गरेको छ।

२. अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन: कायम गराएको छु।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कलबमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई स-प्रमाण बुझाइसकेको थिएँ। टेलिभिजनबाट घोक्रो सुक्नेगरी स-प्रमाण बोलिसकेको थिएँ।

४. घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ