राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को मुद्दा दर्ता भएपछि आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग कुरा उनले बताएका छन्। उनले सर्वोच्च अदालतले गएको पुस १३ गते गरेको फैसलामा आफूले अमेरिकी नागरिका त्यागेको निश्चित गरेको बताएका छन्। उनले आफूले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी पुन: नागरिकता पनि कायम गराइसकेको बताएका छन्।
अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकोमा उक्त निस्सा जेठ ९ गते सर्वोच्च अदालतमा बुझाइ पनि सकेको दाबी गरेका छन्।
‘अदालतमा बुझाइसकेको छु, यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई स-प्रमाण बुझाइसकेको थिएँ,’ उनले भनेका छन्, ‘टेलिभिजनबाट घोक्रो सुक्नेगरी स-प्रमाण बोलिसकेको थिएँ।’
यस्तो छ उनले लेखेको स्टाटस
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन्। मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।
१. सर्वोच्च अदालतको मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं. २२, २८ र ३२मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य ‘कन्फर्म’ गरेको छ।
२. अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन: कायम गराएको छु।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कलबमोजिम नक्कल मिति २०७५/०३/०६ मा अध्यागमनलाई स-प्रमाण बुझाइसकेको थिएँ। टेलिभिजनबाट घोक्रो सुक्नेगरी स-प्रमाण बोलिसकेको थिएँ।
४. घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो