पोखराको बुद्धचोकबाट लागु औषध सहित तीनजना पक्राउ

पोखराको बुद्धचोकबाट लागु औषध सहित तीनजना पक्राउ

Untitled-1

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको संयुक्त टोलीले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

आइतबार साँझ ५:३० बजेको समयमा पोखरा महानगरपालिका – १० बुद्धचोकबाट स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका -३ घर भइ हाल पोखरा -१० बस्दै आएका ३२ वर्षीय अनिल खत्री, स्याङ्गजा वालिङ नगरपालिका -८ घर भइ सृजनाचोक बस्ने २७ वर्षीय सुवास काफ्ले र पोखरा – १० अमरससिंह बस्ने ३२ वर्षीय सुदिप गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट डाईजापाम २८ एम्पुल, नुर्फिन २७ एम्पुल र फेनेरागन २८ एम्पुल गरी जम्मा ८३ एम्पुल लागु औषध बरामद गरेको छ।

उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध मुद्धामा १० दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता श्रवण कुमार बिकले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ