पोखराको सिमसार क्षेत्रबाट एउटा टिपरसहित ७ जना पक्राउ

पोखराको सिमसार क्षेत्रबाट एउटा टिपरसहित ७ जना पक्राउ

fewatal-simsar

पोखरा । पोखरा महानगरपालिका– १८ स्थित पामे क्षेत्रबाट प्रहरीले एक टिपरसहित सात जनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो सिमसार क्षेत्रमा निर्माण कार्यमा प्रयोग भएको ग १ ख ८६८७ नं. को टिप्पर तथा स्थानिय र संलग्न व्यक्ति गरी सात जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरूको विवरण भने खुलाएको छैन ।

उक्त क्षेत्रमा निर्माण कार्यमा प्रयोग भएको टिपर र टिपरमा लोड भएको माटोसहित नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा पोखरा महानगरपालिकाको गाडीलाई नै नियन्त्रणमा लिएर विवाद भएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ