त्रिभुवन पौडेललाई मरणोपरान्त ‘शक्तितारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

त्रिभुवन पौडेललाई मरणोपरान्त ‘शक्तितारा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान

FB_IMG_1685275233297

काठमाडौं । प्रेस सेन्टर नेपालले स्थापना गरेको शक्तितारा स्मृति पत्रकारिता पुरस्कार – २०८० बाट पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त सम्मान गरिएको छ ।

शनिबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमको प्रमुख अथिति प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा जुगलले दोसल्ला, कदरपत्र र नगद ३० हजारसहित पौडेलकी श्रीमती प्रतिभा पौडेललाई सम्मानित गरिएको हो ।

क्रान्तिकारी पत्रकार संघ कास्कीका संस्थापक उपाध्यक्ष पौडेल जनयुद्ध कालदेखि नै जनपक्षीय पत्रकारिता क्रियाशील थिए ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको २ कार्यकाल सचिव र अध्यक्ष समेत भएका पौडेलले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षको समेत जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी, वेपत्ता योद्धा पत्रकारिता पुरस्कारबाट दीलकुमारी शाहीलाई पुरस्कृत गरिएको छ । प्रेस सेन्टरले दश जनालाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ