पर्यटनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कूटनीतिक पहल गरिराखेको बताएका छन्।
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायमा निराशा छाएको भन्दै आफूले भारत र चीनका विभिन्न सहरबाट उडान भर्न पहल गरिराखेको बताए।
‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा तपाईंहरूमा निराशा छाएको छ, मेरो स्तरबाट कूटनीतिक छलफल जारी राखेको छु,’ उनले भने, ‘चीनको विभिन्न सहरबाट र भारतको विभिन्न सहरबाट पोखरा उडान गर्न सक्यौं भने स्वाभाविक रूपमा पोखरा पर्यटनको केन्द्र बन्छ।’
मन्त्री किराँतीले यही जुन २२ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड उडान गर्ने सहमति भएको पनि बताए। विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पोखरा–चीन सिधा उडान प्रस्थान विन्दु बन्ने उनले दाबी गरे।
नेपालको आर्थिक समृद्धिको स्रोत पर्यटन रहेको भन्दै उनले प्रकृति र संस्कृतिलाई ब्राण्डिङ गर्नुपर्ने बताए। पोखरास्थित तत्कालीन राजपरिवारको दरबार सर्वसाधारणलाई खुला गर्दै मन्त्री किरातीले रत्नमन्दिर पर्यटकका लागि भुल्ने ठाउँ बनेको बताए।
राजा महेन्द्रले २०१५ सालमा निर्माण गरेको रत्नमन्दिर गणतन्त्र दिवसका अवसरमा सोमबार खुला गरिएको हो।
रत्नमन्दिर प्रवेश गर्न विदेशी पर्यटकले एक हजार र नेपालीले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने नेपाल ट्रष्टका बोर्ड सदस्य याङजोम शेर्पाले बताइन्। विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई प्रवेश शुल्क ५० रुपैयाँ लाग्ने उनले बताइन्।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह