म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

म्याग्दीमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

death body

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । एक जना घाइते भएकी छन् ।

नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार बाढीले बगाउँदा रघुगंगा–६ कालाबाङकी २४ वर्षीया हरिमाया शेरपुन्जाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । हरिमायासँगै घाँस काट्न गएकी कालाबाङकी ३० वर्षीया दानदेवी पाईजा भने घाइते भएकी छन् ।

बाढीले बगाएर घाइते भएकी पाईजालाई प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी बेनी अस्पताल म्याग्दीमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

म्याग्दीको उत्तरी क्षेत्रअन्तर्गत पर्ने रघुगंगाको पाखापानी क्षेत्रमा सोमबार दिउँसो ठूलो पानी परेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ