काठमाडौं। फेसबुकमा ‘घर जग्जा लोन सेवा’ नामक पेज बनाई रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका -११ घर भई हाल काठमाडौं -३ बसुन्धारा बस्दै आएका नकुल चालिसे, आकाश भट्टराई, आरएन क्षेत्री भनिने २७ वर्षीय रामचन्द्र चालिसेलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ती व्यक्तिले फेसबुकमा ‘घर जग्गा लोन सेवा’ पेज बनाई लोन चाहिएमा सम्पर्क गर्नुहोस् भन्दै फेसबुक पोष्ट गरी विभिन्न व्यक्तिहरूलाई प्रलोभनमा पार्दै आएको र ती व्यक्तिहरूबाट सेवा वापत अग्रिम चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ लिएका थिए।
साथै उनले अर्काको नामको नागरिकता दुरूपयोग गरी विभिन्न बैंकमा खाता खोलेर उक्त बैंकको चेक पीडितहरूलाई दिँदै आएको खुल्न आएको छ।
पीडितहरूले उनले दिएको चेक सटही नभएपछि सम्पर्क गर्दा आफू ठगिएको थाहा पाएपछि उनीविरुद्ध उजूरी दिएका थिए।
हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीमाथि ठगी तथा बैंकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
सुनसरीमा भिनाजुले गरे गोली हानेर सालीको हत्या
सुनसरीमा दम्पती मृत फेला, घटना शंकास्पद
कुटपिट गरी बाबुको हत्या, छोरा पक्राउ
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
काठमाडौंमा ४० किलो लागूऔषध गाँजा र १ लाख २५ हजारसहित धादिङका ५ जना पक्राउ
मजदुरलाई कुटपीट गरेको निवेदन परेपछि रास्वपा नेता अर्याल प्रहरी नियन्त्रणमा
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा