रोट्याक्ट क्लब अफ पोखरा फिस्टेलले आफ्नो १७ औं स्थापना दिवसको अवसर पारेर कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड प्रदान गरेको छ ।
यो क्लब विश्वकै पहिलो महिलामात्रै सदस्य रहेको २००७ जुन २९ मा स्थापना भएको क्लब हो । रोटा वर्ष २२÷२३ कि अध्यक्ष डिम्पल क्षेत्रीले आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा यस कार्यक्रम रहेको जनाउँदै आफूहरु पनि सबै महिलामात्रै रहेको र बिशेषतः स्वास्थ्य क्षेत्रमा रहेको महिलाहरु रहेकाले महिलाहरु जुन जस्तो ठाउँमा भएपनि स्वास्थ्य महत्वपूर्ण कुरा रहेकाले आफूहरुले सचेतना साथसाथै स्यानिटरी प्याड र टिसर्ट हस्तान्तरण गरेको बताइन् ।
कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सई सुशिल घिमिरे, नाइके साथै क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो। कारागार प्रमुख घिमिरेले एउटा महिलामैत्री क्लबले जेलभित्र रहेका दिदीबहिनीहरूको समस्या बुझेर गरेको सहयोग सराहनीय रहेको बताए ।
क्लबले आफ्नो ९ संस्थापक सदस्यहरुलाई सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा उपस्थित बिमला भण्डारी, विष्णु सुवेदी र रोशनी शर्मालाई सम्मान गरेको क्लबले जनाएको छ ।

भण्डारीले आफूहरूले स्थापना गरेको क्लब १७ औं वर्षमा प्रवेश गरेको र समाजमा अतुलनीय योगदान गरेकोमा आफुहरुलाई गर्व महसुस भएको बताइन् ।
यस्तै, रोटरी क्लब पोखरा पोखरा फिस्टेलका अध्यक्ष, आगामी वर्षका अध्यक्ष, संस्थापक सदस्यहरु, अन्य रोट्रयाक्ट क्लबका अध्यक्षहरु, क्लबका कार्यसमिति सदस्य तथा सदस्यहरुको उपस्थितिमा शुभकामना आदनप्रदान कार्यक्रम पनि सम्पन्न भयो ।
कार्यक्रम संयोजक एलिसा आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा अध्यक्ष डिम्पल क्षेत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा बिहान कारागारमा स्यानिटरी प्याड हस्तान्तरण गर्दै स्थापना दिवसको शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्न पाएकोमा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरिन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन