असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसै दिन ‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको यो महोत्सवको अहिले १८ औं संस्करण हो।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ वर्षेनी यस्तो महोत्सव आयोजना गर्दै आएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। २०६१ साल देखि परिषद्ले वर्षेनी यो महोत्सव आयोजना गर्दै आएको छ।

परिषद् अध्यक्ष श्रेष्ठका अनुसार पोखरा–१३, महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ गरि १२ रोपनी क्षेत्रफलमा खेतमा यो महोत्सव गरिएको हो। महोत्सवमा रमाउन विदेशी पाहुनादेखि, विद्यार्थी, सर्वसाधारण, स्थानीय तहका पदाधिकारी सहित पर्यटन व्यावसायी र सर्वसाधारण पुगेका थिए। महोत्सवलाई रोमाञ्चक बनाउन हिलोमा रमाउनेगरि विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो।

पहिलोपटक हिलोमा खेल्न पाउँदा विदेशी खुबै रमाएका थिए। जोत्नेदेखि हिलो छ्यापाछ्यापमा समेत विदेशी पाहुना रमाएका थिए। परिषद् अध्यक्षले कम्तिमा एकहजार विदेशी पाहुना रोपाइँ महोत्सवमा सहभागि भएको बताए। सहभागिलाई मनोरञ्जन दिलाउन विभिन्न सांगितीक कार्यक्रम पनि गरिएको थियो।










तस्वीरहरूः पाेखरा पर्यटन परिषद्
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो