पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७.५० रूपैयाँ, डिजेलमा प्रतिलिटर ६ रूपैयाँ र मट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँ घटाएको छ । भने आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १५ रुपैयाँले घटाइएको निगमले जनाएको छ।

समायोजन भएको मूल्य निगमको वर्ग क्षेत्र अन्तर्गत पेट्रोल १६७ देखि १७० रुपैयाँसम्म पाइने छ। त्यस्तै, डिजेल १४७ देखि १५० सम्ममा पाइनेछ।

ट्रेन्डिङ


This will close in 4 seconds