पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध

पहिरोले बाग्लुङ–कुश्मीशेरा सडक अवरुद्ध

pahiro

बाग्लुङ । पहिरोका कारण बाग्लुङ–कुश्मीशेरा सडक खण्ड अवरुद्ध भएको छ ।

बाग्लुङ नगरपालिका–१० भकुण्डेको दब्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बाग्लुङ–कुश्मीशेरा सडक बन्द भएको हो ।

गएरातिदेखि शुरु भएको वर्षासँगै दब्ल्याङमा पहिरो खसेको हो । तीन वर्षअघिदेखि शुरु भएको पहिरोले हिउँदमा सामान्य वर्षा हुँदासमेत सडक बन्द हुने गरेको छ ।

सदरमुकाम बाग्लुङ बजारबाट बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका लागि छुट्ने गाडी सडक अवरुद्ध हुँदा मर्कामा परेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ