पाेखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अधिवेशन असार ३० गते काठमाडौंमा हुँदैछ । पाेखराबाट याे पटक उपाध्यक्षमा दाबी गरिएकाे छ । उपाध्यक्ष पदमा यहाँका भुवन क्षेत्रीले उम्मेदवारी दिने भएका छन् ।
इक्यान कास्कीका पूर्व अध्यक्षसमेत रहेका क्षेत्रीले संघको आसन्न निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । इक्यान अन्तर्गतका शाखाहरुको प्रतिनिधित्व गर्दै इक्यानमा आफूले उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेको उनले बताए ।
क्षेत्रीले भने – ‘इक्यानमा देशभरका शैक्षिक परामर्श व्यवसायीहरुको प्रतिनिधित्व हुन जरुरी छ । शाखाहरुले पनि इक्यानमा अपनत्व महसुस गर्न सक्नुपर्छ ।’ इक्यान र शाखाहरुलाई जोड्न र शैक्षिक परामर्श व्यवसायको समग्र हकहितमा काम गर्न आफूले उम्मेदवारी प्रस्तुत गरेको क्षेत्रीले बताए ।

जेठ २१ गते बसेको इक्यान कास्कीको बैठकले क्षेत्रीलाई ईक्यानको उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सहकोषाध्यक्षमा सिग्देल र कार्यसमिति सदस्यमा ढकालले उम्मेदवारी दिने
यसैगरी, इक्यानको सहकोषाध्यक्ष पदमा चितवनका हेमराज सिग्देलले उम्मेदवारी दिने भएका छन् । इक्यान चितवनका पूर्व सचिव उनी शैक्षिक परामर्श क्षेत्रमा १५ वर्षदेखि सक्रिय छन् ।
मञ्जित ढकालले कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १२ वर्षदेखि यस क्षेत्रमा क्रियाशील उनी सक्रिय युवा हुन् ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन