खेलकुद विकास मञ्च पोखराको आयोजनामा स्व. याम (राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । आगामी शुक्रबार र शनिबार हुने प्रतियाेगिताकाे तयारी तीव्र पारिएकाे छ ।
पोखरा ४ गणेशटोल स्थित स्पोर्ट्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिता हुनेछ । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको रनिङ शिल्ड सार्वजनिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए ।
वडाबाट प्रतिभावान् खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको थापाले बताए । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले आगामी दिनमा समेत खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने उनले सुनाए । मञ्चले फुटसल मात्रै नभई आगामी दिनमा अन्य खेल प्रतियोगिताहरुको समेत आयोजना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, दुई दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र चलिरहेको खेल संयोजक विकिता तामाङले जानकारी दिइन् । उनले प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइन् । प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्ने उनले जानकारी दिइन् । प्रतियोगितामा असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ । टिम दर्ता शुल्क चार हजार पाँच सय रुपैयाँ तोकिएको तामाङले बताइन् । प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहने विश्वास गरिएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठले खेलकुद पत्रकार मञ्च खेलकुदको क्षेत्रमा अहोरात्र खटिरहेको सुनाउँदै मञ्चको तर्फबाट सक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले कुनै पनि कार्यक्रम गर्दा धेरै बाधा अवरोध आउने र त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । प्रतियोगितालाई फुड स्टेसन जापान मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यवसायी तथा समाजसेवीले सहयोग गरेको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो