पोखराको सभागृहचोकदेखि विपिचोकसम्म न्यूरोडको सडकमा निर्माण गरिएको डिभाइडरमा इक्सोरा प्रजातिको बिरुवा रोप्ने कार्य सुरु गरिएको छ । सोमबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मञ्जुदेवी गुरुङले संयुक्त रूपमा सो कार्यको सुरुवात गरेका हुन् ।
स्मार्ट सडक बत्ती सहित निर्माण गरिएको डिभाइडरमा गोलाकार आकार, आकर्षक र चम्किला पातहरूका कारण लोकप्रिय इक्सोरा प्रजातिको बिरुवा लगाइएको नगरप्रमुख आचार्यले बताए । उनका अनुसार डिभाइडर भरि ८ सय बिरुवाहरू लगाइनेछन् । बिरुवाहरूको संरक्षण स्थानीयहरूले समेत गर्ने र महानगरपालिकाले विशेष निगरानी गर्ने आचार्यले उल्लेख गरे ।

‘विगतमा पनि फूलका बिरुवाहरू चोरी हुने समस्याहरू थिए तर यसपालि त्यसो हुन दिइनेछैन’, प्रमुख आचार्यले भने– ‘बदनियत राखेर कसैले फूलका बिरुवाहरू चोरी गरेको पाइए सार्वजनिक अपराधको मुद्दा खेप्नु पर्दछ । अब कसैलाई छुट दिइनेछैन । त्यसकारण यसलाई गम्भीर रूपमा लिन र गलत कार्यमा संलग्न नहुन सबैमा अनुरोध गर्दछु ।’ यसलाई परीक्षणको रूपमा पोखरामा पहिलो पटक लगाइएको र यो राम्रो हुँदै गए अन्य स्थानहरूमा लगाइने उनले बताए ।

पोखरादेखि कोत्रेसम्मको पृथ्वी राजमार्गमा भने पोखराको पहिचानको रूपमा रहेको लालुपाते फुल रोपिने उनले बताए । पोखरालाई फूलैफूलको सहरका रूपमा विकास गर्नका लागि हरियाली प्रवर्द्धन सहित पुष्प रोपणको कार्यक्रमलाई अभियानमा रूपमा सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

उज्यालो पोखराको मेगा प्रोजेक्ट अन्तरगत २३ वटा हाइमास्ट र १९ सय बढी स्मार्ट सडक बत्तीहरू जडान कार्य अन्तिम चरणमा पुगिसकेकाले यो महिना भित्र सञ्चालनमा आउने प्रमुख आचार्य बताए । अधिकांश चोकहरूमा भने हाइमास्ट बत्ती बलिसकेको छ ।
घामपानी सहन सक्ने क्षमता भएको, बाह्रै महिना फुल्ने र बुट्यानको रूपमा हुर्कने इक्सोरा प्रजातिको बिरुवा पोखराका लागि उपयुक्त हुने पुष्प विज्ञ वसन्त नर्सरीका सञ्चालक वसन्त बानियाँले बताए । उनका अनुसार यसका लागि मल जराभन्दा पनि पातबाट दिनुपर्ने उनले बताए । यो सदाबहार र एक पटक लगाएपछि अर्को पटक लगाउन नपर्ने बिरुवा पनि हो । यो बिरुवा १५/१५ इन्चको फरकमा लगाउनु पर्ने बानियाँले बताए ।

सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ