पोखरा । आगामी शुक्रबारबाट रिलिज हुने ‘बगान’ एकल महिलाको कथा भएको निर्देशक एवम् कलाकार सरोज खनालले बताएका छन् । चलचित्र पत्रकार संघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एकल महिलाहरुको कथालाई उठान गरिएको सुनाए ।
‘बगान एकल महिलाको कथा हो । हाम्रो समाज पितृसतात्मक समाज हो । अझै पनि एकल महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । बगानमा यस्तै सामाजिक विषयलाई उठाएका छौं ।’, उनले भने ।
एकल महिलाका कथालाई दबाएर राख्न हुदैन भन्ने लागेर नै बगान बनाइएको भनाई उनको छ । खनालले समाजमा पछाडि परेको विषयलाई अगाडि ल्याउने उद्देश्य सहित सिनेमा निर्माण गरिएको जनाए ।
‘४० वर्ष भयो म सिनेमा क्षेत्रमा लागेको । एकल महिलालाई हिजो हाम्रो समाजले जुन रुपले हेथ्र्यो आज पनि उस्तै छ जस्तो लाग्छ । एकल महिलालाई पनि यो समाजमा जिउने अधिकार छ । उनीहरुका पनि आफ्ना समस्या छन् । जसलाई बगान मार्फत उठाउने प्रयास गरिएको छ ।’, उनले भने ।
खनालले समाज परिवर्तनका लागि बुबा भन्दा आमा शिक्षित हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । करिश्मा मानन्धरको जीवनी बगानको कथासँग मिल्ने भएकाले मुख्य भूमिकामा राखिएको उनले बताए ।
उनले बगानको कथा नयाँ भएको दाबी गरेका छन् । ‘करिश्मा जीले हालसम्म दुई सय भन्दा बढी सिनेमामा अभिनय गर्नुभयो होला । ती सबै सिनेमामा उहाँ नायिकाको भूमिकामा मात्रै सिमित रहनुभयो । तर बगानमा करिश्मा जी नै मुख्य भूमिकामा हुनुहुन्छ । यो नै दर्शककाका लागि रोचक र नयाँ लाग्न सक्छ ।’, उनले भने । नायिकालाई शो पिसका रुपमा मात्र हेर्न नहुने धारणा उनको छ ।
दर्शकले नेपाली कथावस्तुलाई नै मन पराएकाले बगान चल्नेमा उनी विश्वस्त छन् । समाज भन्दा बाहिरका सिनेमा हलमा नचलेको र अर्गानिक कथावस्तुलाई नै रुचाइएको उनले बताए । उनले सिनेमामा समस्या मात्र देखाउने भन्दा पनि समाधानको बाटो समेत पहिल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । बगानमा समस्या सँगै समाधान पनि भएको अभिव्यक्ति उनको छ ।
सिनेमाको करियरमा नै आफुले ३१ सिनेमामा अभिनय गरेको र १९ सिनेमाले एक सय दिन मनाएको हुँदा निर्मातालाई कसरी जोगाउने विषयमा राम्रो ज्ञान भएको दाबी उनको छ । दर्शकको रोजाईको सिनेमा बगान बन्ने अपेक्षा उनले गरेका छन् ।
अभिनेत्री करिश्मा मानन्धरले बगान आफ्ना लागि महत्वपूर्ण सिनेमा भएको उल्लेख गरिन् । उनले बगान समाजको ऐना भएको बताइन् । ‘बगान समाजको ऐना हो । एकल महिलाले भोग्नुपरेका पीडा लाई उजागर गर्न सिनेमाले मदत पुर्याएको छ । समाजले बुझ्ने र आफ्नोपनको महशुस गर्ने गरी सिनेमा निर्माण भएको छ ।’, उनले भनिन् ।
पोखराका दर्शकले आफु र आफ्ना सिनेमालाई सदैव माया गरेको र बगानलाई समेत माया गर्नेमा आशावादी रहेको उनले बताइन् ।
बगानबाट नै डेब्यू गरेकी अभिनेत्री प्रमिला कार्कीले श्रीमानले लगानी गरेको भएर आफु सिनेमामा नआएको प्रष्ट पारिन् । उनले सिनेमाको कथा मन परेकाले तयार भएको बताइन् । अभिनय सिकेर नै उक्त क्षेत्रमा आएको र आगामी समयमा समेत सिनेमा क्षेत्रमा नै निरन्तरता दिने लक्ष्य रहेको भनाई उनको छ ।
बगानमा सरोज खनाल, करिश्मा मानन्धर, प्रमिला कार्की अलवा आकाश श्रेष्ठ, निर शाह, बसुन्धरा भूसाल, मिथिला शर्मा लगायतका कलाकारहरुको अभिनय छ । सुरेश वाग्ले बगानका निर्माता हुन् । सिनेमाको यसअघि टिजर, ट्रेलर र गीत सार्वजनिक भइसकेको छ । केही समयको मोफसल दौड पश्चात बगान टीमले बुधबार काठमाडौंमा प्रिमियर गर्दैछ ।
सम्बन्धित खबर
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’