पृथ्वी राजमार्ग विस्तार योजना अन्तर्गत ‘राइट अफ वे’ मा परेका संरचनालाई हटाउन सुरू गरिएकाे छ । पोखरा पृथ्वीचोकदेखि विजयपुर खोलासम्म राजमार्गको दायाँबायाँ (२३ मिटर) मापदण्डभित्र परेका संरचना पहिलाे चरणमा पोखरा महानगरले हटाएको छ ।
महानगरले सोमबारदेखि मापदण्डभित्र रहेका संरचना डोजर लगाएरै हटाउन थालेको हो । एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिइएको भए पनि अटेरी गरेकालाई हटाउन लागिएको महानगरले जनाएकाे छ ।
त्यस अन्तर्गतको करिब ६ किलोमिटर दूरीमा ६० भन्दा बढी स्थायी-अस्थायी संरचना हटाउनु पर्ने महानगरले जनाएको छ । महानगरले आइतबार पनि सूचना जारी गर्दै त्यस क्षेत्रका संरचना हटाउने तथा सरसफाई गर्ने कामका लागि उपस्थित हुन नगरवासीलाई अनुरोध गरेको थियो ।
मेयर धनराज आचार्यले बाटोका लागि एडीबीको टिम पर्सि आउँदै रहेकाे र त्यो भन्दा अगाडि राजमार्गको राइट अफ वे क्लियर गरौं भनेर महानगरले सहजीकरण गर्न लागेको बताए ।
एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यो राजमार्गलाई विस्तार गरेर ४ लेन बनाउन लागिएको हो । विजयपुरदेखि लेखनाथ क्षेत्रमा भने मुआब्जाको विषय टुंगिन बाँकी रहेकाले त्यहाँका संरचना हटाउन केही समय लाग्ने महानगरले जनाएको छ । त्यसै कारणा पनि पोखरा लगायत शहरी क्षेत्र रहेको पश्चिमी खण्डमा भने काम निकै सुस्त अघि बढेको छ ।
महानगरले डोजर लगाउने ४.७ किलोमिटर क्षेत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत रहेकाले विमानस्थल गेटबाहिर वर्कसप, हेभी इक्विप्मेन्ट सेन्टर, जथाभावी फोहोरले कुरुप भएकाे भन्दै सफाइ अभियान पनि अघि सारेको जनाएको छ ।
सम्बन्धित खबर
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन अभ्यास
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर