चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा १९ जना घाइते

चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा १९ जना घाइते

Bus-Accident-Chitwan

चितवन । चितवनको दासढुङ्गामा बस दुर्घटना हुँदा चालकसहित १९ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा ल्याइएको छ । घाइतेहरुमध्ये केहीको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ ।

बस आफै अनियन्त्रित भइ सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds