पोखरा महानगरपालिका वडा नम्बर २६ ले बुढिबजार देखि खरानेफाँटसम्मको सडक विस्तारको काम शुरु गरेको छ । विजयपुर सिंचाई प्रणालीको नहरको एकतर्फी रहेको उक्त सडकलाई दुवैतर्फबाट सवारी साधन संचालन गर्न मिल्ने गरी बिहिबारदेखि वडाले विस्तारको काम शुरु गरेको हो ।
वडाले ३५ दिने र त्यसपछि थप सात दिनको सूचना प्रकाशित गरी स्थानीयलाई मापदण्ड भित्रको संरचना हटाउन अनुरोध गरेको थियो । वडाले सूचना गरेपछि स्थानीयले स्वतस्फूर्त रुपमा आफ्नो घर अगाडि मापदण्ड भित्रको संरचना हटाएका थिए । धेरै जसो ठाउँमा स्वतस्फुर्त रुपमा स्थानीयले आफै संरचना हटाएको उल्लेख गर्दै, वडाध्यक्ष नरेन्द्र थापाले केही जटिल ठाउँमा डोजर लगाइएको बताए ।
सडक एकतर्फी संचालन हुँदा लामो समय देखी ट्राफिक जामको समस्या देखिदै आएको र सडक विस्तार अति आवश्यक भएकाले वडाले प्राथमिकताका साथ कार्य थालनी गरेको अध्यक्ष थापाले बताए । स्थानीयको भौतिक संरचनामा कम क्षति होस् भन्ने उद्देश्यले सम्बन्धित घर तथा जग्गाधनीलाई सहजीकरण समितिमा राखेर काम गरेको समेत अध्यक्ष थापाले उल्लेख गरे । बल प्रयोग गरेर नभई समझदारी र सहकार्यमा जटिल काम सहज तरिकाले गर्न सकिन्छ भन्ने उदाहरण बनेको अध्यक्ष थापाले बताए ।
सहजीकरण समितिका संयोजक मुरारी बरालले एक दुई वटा संरचनाका घरधनीले थप क्षति नहुने गरी हटाउन चाहेकाले केही समय दिईएको बाहेक अन्यत्र वडाले अहिले सडक विस्तारका लागि तोकेको क्षेत्राधिकार भित्रका टहरा तथा कम्पाउण्डवाल सहज तरिकालै हटाईएको बताए ।
बुढीबजार चोकदेखि खरानेफाँट वडा नंं २६ को सिमानासम्म करिव डेढ किलोमिटरको दुरीसम्म मापदण्ड भित्रका संरचना हटाउने गरी वडाले योजना बनाएको र आर्थिक बर्ष २०८०/०८१ का लागि उक्त सडकमा एक करोड रुपैया विनियोजन गरेको समेत अध्यक्ष थापाले बताए । सडक विस्तार चुनौतीका रुपमा रहेको थियो, सबैको सहयोग र साथले सहज भयो अध्यक्ष थापाले भने—“सडकको स्तरोन्नती सहित सौन्दर्यकरण गरिने छ ।”
तस्वीरः भीमपाणी बराल
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो