उच्च अदालत पोखराले लेकसाइडको बाराही घाटमा सूर्य नेपाल प्रालिले बनाउँदै गरेको सार्वजनिक शौचालयको काम यथास्थितिमा राख्न आदेश दिएको छ ।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीको एकल इजलासले निर्माण कम्पनीलाई काम यथास्थितिमा राखी विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र कारणसहित उपस्थिति हुन निर्देशन पनि दिएको छ । पोखरा महानगरपालिका र वडा नं ६ को वडा कार्यालयसँग लिखित जवाफ पनि माग गरेको छ ।
सूर्य नेपालले निर्माण र एरोसन प्रालिले सञ्चालन गर्ने गरी शौचालय निर्माण भइरहेकाे थियाे । पोखरा महानगरपालिकाको संयोजकत्वमा बन्ने शौचालयमा सूर्य नेपालले डेढ करोड रुपैयाँ लगानी गर्ने बताइएको थियो । तल्लाे तल्लामा शाैचालय र माथिल्लाे तलामा व्यवसाय गर्ने याेजना बनाएका छन् ।

यस विरूद्ध पाेखराका ५ युवाले दिएको रिटको सुनुवाइ गर्दै उच्च अदालतले शौचालय निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो । युवा अभियन्ताहरू अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल र सुजन बाटाजूले जनताले संरक्षण गरेर जोगाएको सार्वजनिक जग्गामा स्वार्थपूर्ण हिसाबले कानुनबिपरीत निजी कम्पनीलाई १५ वर्षका लागि ठेक्का दिइएको भन्दै रिट दिएका थिए । रिट निवेदकको तर्फबाट रोहितराज बास्तोला र भगवती पहारीले बहस गरेका थिए ।
रिट निवेदकहरूले महानगरले सार्वजनिक जग्गा संरक्षणको साटो अरुलाई दिएर अनुचित लाभ लिन खोजेकाले अदालत जानुपरेको बताए । उनीहरू भन्छन्, ‘सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने पोखरा महानगरपालिकाले उल्टै व्यावसायिक कम्पनीलाई भाडामा दिएपछि रिट दायर गरेका हाैँ ।’

सूर्य नेपालले बनाउन लागेको शौचालयको ५० मिटरमा महानगरको शौचालय नै छ । यस्तै, बाराही चोकनजिकै चौरभित्र नेपाल लिटरेचर फेस्टिभल आयोजकले बनाएका २ वटा शौचालय छन् । तर, त्यसको व्यवस्थापन गरेर सञ्चालन गर्न सक्ने अवस्था हुँदा हुँदै सार्वजनिक खरिद ऐनबिपरीत १५ वर्षलाई सूर्य नेपाललाई स्वीकृति दिइएकोमा स्थानियकाे विराेध हाे ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती