इक्यानमा शेषराज भट्टराईको नयाँ नेतृत्व, उपाध्यक्षमा पोखराका भुवन क्षत्री

इक्यानमा शेषराज भट्टराईको नयाँ नेतृत्व, उपाध्यक्षमा पोखराका भुवन क्षत्री

Ecan

शैक्षिक परामर्शदाताहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा भएको मतदानमा भट्टराई २ सय ३८ मतसहित निर्वाचित भए ।

नेतृत्वका लागि ४ जना चुनावी प्रतिस्पर्धामा रहेकोमा निकटतम् प्रतिस्पर्धी विष्णुहरि पाण्डेले १ सय ४६ मत, कृष्णहरि केसीले २१ र देवीदास भट्टराईले ११ मत पाए ।

त्यस्तै, ३ उपाध्यक्षमा एन्ड्रीयु पौडेल (लक्ष्मण) २ सय २८ मत, भुवनबहादुर क्षत्री १ सय ७२ मत र गीता शिवाकोटी १ सय ५२ मतसहित निर्वाचित भए । भुवन पोखराको टार्गेट इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सीका संस्थापक एवं सञ्चालक हुन् । उपाध्यक्षमा मात्रै ११ जना प्रतिस्पर्धी थिए । इक्यान कास्कीका पूर्व अध्यक्ष र हाल सल्लाहकार समितिका सभापति रहेका पोखराका क्षत्रीलाई उपाध्यक्षमा उम्मेदवार बनाउने इक्यान कास्कीले नै यसअघि निर्णय गरेको थियो ।

महासचिवमा दीपकराज भुसाल दोहोरिए । शेषराज समूहबाट चुनाव लडेका उनले २ सय ५५ मत पाए । उनका प्रतिस्पर्धी विष्णुहरि प्यानलका वासुदेव दाहालले १ सय ६० मत पाए ।

सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराई निर्वाचित भए । कोषाध्यक्षमा २ सय ८ मतसहित आशिक कार्की र सहकोषाध्यक्षमा २ सय १६ मतसहित विकल्पराज पोखरेल विजयी भएका छन् ।

कार्यसमिति सदस्यमा सुरज सिलवाल, साधना पुडासैनी, उमा खड्का पाठक, मन्जित ढकाल, गोविन्द खनाल, आशीष रायमाझी, शशिप्रसाद भट्टराई, विजयकुमार बस्नेत र श्रीराम गिरी चुनिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds