कास्कीकाे रूपा गाउँपालिका वडा नंं. ३, पाेल्याङफेदीमा साेमबार बिहान भएकाे बस दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।
पाेखराकाे अमरसिंहचाेकबाट लमजुङ भाेर्लेटारतर्फ जाँदै गरेकाे ग १ ख ७६८६ नम्बरकाे यात्रुबाहक बस र लमजुङबाट पाेखरातर्फ आउँदै गरेकाे ग १५ प ८४८३ नम्बरकाे माेटरसाइकल आज बिहान पाैने ८ बजे पाेल्याङफेदीमा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएकाे कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बिकले गण्डकन्यूजलाई जानकारी दिए ।
दुर्घटनामा परी माेटरसाइकलमा सवार लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ६, भाेर्लेटारका २३ बर्षका विवेक विककाे मृत्यु भएकाे छ । माेटरसाइकलमा सवार बर्ष २० का दिपेन्द्र विक गम्भीर घाइते भएका छन्। उनकाे गण्डकी अस्पताल पाेखरामा उपचार भइरहेकाे छ ।
दुर्घटनापछि सख्त घाइते भएका दुवै जनालाइ उपचारका लागि गण्डकी अस्पताल पाेखरामा ल्याइएकाेमा उपचारका क्रममा विवेक बिककाे निधन भएकाे कास्की प्रहरीले जनाएकाे छ । अर्का घाइते दिपेन्द्र वि.क. काे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले बसका चालक रूपा १ का बिशाल गुरूङलाई नियन्त्रणमा लिएकाे छ ।
सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ