कास्कीकाे रूपा गाउँपालिका वडा नंं. ३, पाेल्याङफेदीमा साेमबार बिहान भएकाे बस दुर्घटनामा परी एक जनाकाे मृत्यु भएकाे छ ।
पाेखराकाे अमरसिंहचाेकबाट लमजुङ भाेर्लेटारतर्फ जाँदै गरेकाे ग १ ख ७६८६ नम्बरकाे यात्रुबाहक बस र लमजुङबाट पाेखरातर्फ आउँदै गरेकाे ग १५ प ८४८३ नम्बरकाे माेटरसाइकल आज बिहान पाैने ८ बजे पाेल्याङफेदीमा एकआपसमा ठक्कर खाँदा दुर्घटना भएकाे कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार बिकले गण्डकन्यूजलाई जानकारी दिए ।
दुर्घटनामा परी माेटरसाइकलमा सवार लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नं. ६, भाेर्लेटारका २३ बर्षका विवेक विककाे मृत्यु भएकाे छ । माेटरसाइकलमा सवार बर्ष २० का दिपेन्द्र विक गम्भीर घाइते भएका छन्। उनकाे गण्डकी अस्पताल पाेखरामा उपचार भइरहेकाे छ ।
दुर्घटनापछि सख्त घाइते भएका दुवै जनालाइ उपचारका लागि गण्डकी अस्पताल पाेखरामा ल्याइएकाेमा उपचारका क्रममा विवेक बिककाे निधन भएकाे कास्की प्रहरीले जनाएकाे छ । अर्का घाइते दिपेन्द्र वि.क. काे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले बसका चालक रूपा १ का बिशाल गुरूङलाई नियन्त्रणमा लिएकाे छ ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो