पोखरामा दोस्रो ठूलो क्षमताको डिजेल भण्डारण गृह सञ्चालनमा आएको छ। पोखरा वडा नं. २९ र ३० गगनगौंडामा एक करोड लिटर क्षमताको डिजेल भण्डारण गृह सञ्चालनमा ल्याएको हो।
इन्धन भण्डारणका लागि अमलेखगन्ज सबैभन्दा बढी क्षमताको भण्डारण गृह हो। तर, यसअघि सञ्चालनमा आइसकेको काठमाडौंस्थित थानकोट डिपो भने ७० लाख लिटर क्षमताको छ। पूर्वाधारको हिसाबले भने पोखराका डिजेल भण्डारण गृह तेस्रो हबको रूपमा स्थापित भएको छ।
गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थको खपत हरेक वर्ष बढ्दो छ। यस प्रदेशमा हरेक दिन करिब ४ लाख ६७ हजार लिटर पेट्रोलियम पदार्थको खपत हुन्छ। निगमका अनुसार हाल एक दिनमा यस प्रदेशमा ३ लाख ३ लाख २० हजार लिटर डिजेल र १ लाख ६० हजार लिटर पेट्रोल बिक्री वितरण भइरहेको छ। यस डिपोमा हाल २२ लाख ८० हजार लिटर डिजेल र १० लाख १० हजार लिटर पेट्रोलको भण्डारण क्षमता रहेको छ।
पोखरामा आयोजित कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले इन्धन ऊर्जाको पहुँचले औद्योगिक विकासदेखि जनजीवन सहज बनाउने बताए।
नयाँ भण्डारण परियोजना सञ्चालनमा आएपछि प्रदेशमा डिजेलको भण्डारण ३० दिनभन्दा बढी पुग्नेछ।
सम्बन्धित खबर
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
पोखराको र्यान्डम रिडर्स सोसाइटीमा रमेश भुसालको छालबाटो
अधिकारी समाजको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ