पोखराबाट राइनास माइत जाँदै गरेकी लक्ष्मीको सिक्री लुट्ने तनहुँका श्याम पक्राउ

चाेरी

पोखराबाट राइनास माइत जाँदै गरेकी लक्ष्मीको सिक्री लुट्ने तनहुँका श्याम पक्राउ

Shyamchandra

पाेखराबाट माइती जाँदै गरेकी एक महिलाकाे गलाबाट सुनकाे सिक्री लुट्ने एक पुरूषलाई लमजुङ प्रहरीले पक्राउ गरेकाे छ । तनहुँको भानु नगरपालिका–७ घर भएका ३० बर्षिय श्यामचन्द्र खतिवडा सुनकाे सिक्री चाेरेकाे अभियाेगमा पक्राउ परेका हुन् ।

साेमबार पाेखराबाट लमजुङकाे राइनास नगरपालिका ६ धमिलीकुवास्थित माइतीतर्फ जाँदै गरेकी लक्ष्मी नेपालीकाे गलाबाट राइनास नगरपालिका वडा नं. ६ काे जंगलमा उनले सुनकाे सिक्री लुटेका थिए । दिउँसाे ४ बजेतिर एक्लै जंगलमा हिँडिरहेकी लक्ष्मी नेपालीलाई देखेपछि श्यामले सुनकाे सिक्री लुटेर भागेका थिए ।

घटना लगत्तै लक्ष्मीले स्थानीयलाई बताइन्  र प्रहरीमा तुरून्तै खबर पुग्याे । धमिलीकुवा चाैकीका प्रहरीले केहिबेरको खोजतलासमै घटनास्थल नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।

पक्राउ परेका खतिवडाबाट लक्ष्मीबाट लुटिएकाे १ ताेला २१ लालकाे सुनकाे सिक्री समेत बरामद भएकाे उनले बताए । पक्राउ परेका खतिवडालाइ मंगलबार प्रहरीले अदलातमा बुझाएकाे छ । जिल्ला अदालत लमजुङबाट निजलाइ ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।

मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ