पाेखराबाट माइती जाँदै गरेकी एक महिलाकाे गलाबाट सुनकाे सिक्री लुट्ने एक पुरूषलाई लमजुङ प्रहरीले पक्राउ गरेकाे छ । तनहुँको भानु नगरपालिका–७ घर भएका ३० बर्षिय श्यामचन्द्र खतिवडा सुनकाे सिक्री चाेरेकाे अभियाेगमा पक्राउ परेका हुन् ।
साेमबार पाेखराबाट लमजुङकाे राइनास नगरपालिका ६ धमिलीकुवास्थित माइतीतर्फ जाँदै गरेकी लक्ष्मी नेपालीकाे गलाबाट राइनास नगरपालिका वडा नं. ६ काे जंगलमा उनले सुनकाे सिक्री लुटेका थिए । दिउँसाे ४ बजेतिर एक्लै जंगलमा हिँडिरहेकी लक्ष्मी नेपालीलाई देखेपछि श्यामले सुनकाे सिक्री लुटेर भागेका थिए ।
घटना लगत्तै लक्ष्मीले स्थानीयलाई बताइन् र प्रहरीमा तुरून्तै खबर पुग्याे । धमिलीकुवा चाैकीका प्रहरीले केहिबेरको खोजतलासमै घटनास्थल नजिकैको जंगलमा खतिवडालाई फेला पारी पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
पक्राउ परेका खतिवडाबाट लक्ष्मीबाट लुटिएकाे १ ताेला २१ लालकाे सुनकाे सिक्री समेत बरामद भएकाे उनले बताए । पक्राउ परेका खतिवडालाइ मंगलबार प्रहरीले अदलातमा बुझाएकाे छ । जिल्ला अदालत लमजुङबाट निजलाइ ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।
मुलुकी अपराध संहिता, २०७४ अनुसार बाटो, एकान्त स्थल वा जङ्गलमा ढुकी चोरी गर्ने व्यक्तिलाई ५ वर्षदेखी १० वर्षसम्म कैद र ५ हजारदेखी एक लाख रुपैयासम्म जरिबाना हुने कानूनी व्यवस्था रहेको छ ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा