र्याफ्टिङ एण्ड क्यानोइिङ संघ गण्डकी प्रदेशको अध्यक्षमा विरेन्द्र लामा निर्वाचित भएका छन् । संघको बिहिबार सम्पन्न प्रथम अधिवेशनले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । उनी सहित ६ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् भने एक पद पछि मनाेनित गरिने जनाइएकाे छ ।
समितिको उपाध्यक्षमा दिपेन्द्र मर्सानी निर्वाचित भए । उनी पोखरा महानगर पालिका वडा नं. ९ का अध्यक्षसमेत हुन् । महासचिवमा शोभा जलारी, कोषाध्यक्षमा किशोर दाहाल तथा सदस्यहरूमा ब्रजेश कसजु श्रेष्ठ र सिता थापा सर्वसम्मत निर्वाचित भए । निर्वाचित कार्यसमितिको कार्यकाल ४ वर्षको हुनेछ ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले साहसिक खेलकुदमा र्याफ्टिङ र क्यानोइङ खेलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले साहसिक खेलकुदलाई उद्योगको रुपमा व्याख्या गर्दै सम्भावना भएका क्षेत्रहरुमा निजी लगानीका साथ यसको विकासमा अघि बढ्नु पर्ने कुरा औंल्याए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य एवं खेल पत्रकार केशव पाठकले साहसिक खेल र्याफ्टिङको विकासका लागि परिषद्ले संघसँग सहकार्य गर्दै अघि बढिरहेको बताउँदै प्रदेशलाई साहसिक खेलकुदको गन्तव्य बनाउन आगामी दिनमा सहकार्यको यात्रालाई अझै परिमार्जित गर्दै अघि बढ्ने बताए ।

कार्यक्रमकाे अध्यक्षतासमेत गरेका संघका केन्द्रिय अध्यक्ष राजिव श्रेष्ठले नेपालले यस पटक १९ औं एसियाली खेलकुदमा र्याफ्टिङ खेलले उच्च प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको जनाए । संघका केन्द्रिय सदस्य निम बहादुर मगरले साहसिक खेलहरूकाे समेत रंगशाला हुनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्री, क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायत पर्यटन व्यवसायी एवं खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?