काठमाडौं : एसिया कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ। श्रीलंकामा १५ दिनको ‘स्पेशल हाई परफरमेन्स क्याम्प’ आयोजना गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपाल पहिलो पटक एशिया कप लेख्न लागेको हो।
क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गरेका छौँ।’
उक्त १५ दिनको क्याम्पमा नेपाली खेलाडीले अनुभवी प्रशिक्षकसँग कडा प्रशिक्षण लिने क्यानले जनाएको छ। ‘क्याम्पका क्रममा हाम्रा खेलाडीले अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने र कडा प्रशिक्षण लिनेछन्’, क्यानले भनेको छ।
अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ। नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
सम्बन्धित खबर
गण्डकी प्रदेशस्तरीय पुरुष टी– २० क्रिकेटः तनहुँ र स्याङजाको जित, तनहुँको जितमा कृष ऐरको शतक
दोस्रो संस्करणको ब्याकयार्ड अल्ट्रा नेपालको उपाधि विजय रानामगरलाई
गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट सुरुः स्याङ्जा र तनहुँको जित
प्रचण्ड कप भलिबलको उपाधि एपीएफले जित्यो
प्रचण्ड कप भलिबल: एभरेस्टलाई हराउँदै न्यु डायमण्ड तेस्रो
प्रचण्ड कप भलिबल: उपाधिका लागि दुई विभागीय टोली एपीएफ र पुलिस भिड्ने, न्यु डायमण्ड एपीएफसँग पराजित
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ