काठमाडौं : एसिया कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ। श्रीलंकामा १५ दिनको ‘स्पेशल हाई परफरमेन्स क्याम्प’ आयोजना गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। नेपाल पहिलो पटक एशिया कप लेख्न लागेको हो।
क्यानले भनेको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गरेका छौँ।’
उक्त १५ दिनको क्याम्पमा नेपाली खेलाडीले अनुभवी प्रशिक्षकसँग कडा प्रशिक्षण लिने क्यानले जनाएको छ। ‘क्याम्पका क्रममा हाम्रा खेलाडीले अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकन डेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने र कडा प्रशिक्षण लिनेछन्’, क्यानले भनेको छ।
अहिले श्रीलंका नै रहेको नेपाली टिम उक्त क्याम्प सकिएपछि मात्र नेपाल फर्कनेछ। एशिया कप क्रिकेट आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। नेपालले गत वैशाखमा एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ (अगष्ट ३०) मा मुल्तानमा हुनेछ। नेपाल र भारतबीचको खेल भने श्रीलंकाको काड्नीमा भदौं १८ (सेप्टेम्बर ४) मा हुनेछ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन्। समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन्।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला